तुलसीपुर, चैत ७ । तुलसीपुर यातायात प्रालिले भारतकाे सिमलामा यातायात सेवा सञ्चालन गरेकाे छ ।
यात्रुहरूकाे माग लाई मध्यनजर गर्दै तुलसीपुर देखि सिमला सम्म पहिलाे पटक नयाँ एयर बस सञ्चालनमा ल्याएको हाे ।
पहिलाे पटक हप्तामा तीन दिन मंगलबार , विहिवार र सनिवार तुलसीपुर वाट गाडि संञ्चालन हुने प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए ।
अहिले हप्ताकाे ३ दिन बस सञ्चालन गरेपनि केही दिनपछि दैनिक गाडि सञ्चालन का साथै दिल्लीमा समेत सेवा दिने तयारी गरेकाे उनकाे भनाई छ ।
दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसि बस थपगरेको प्रालिले भारतमा समेत सेवा सुरू गरेकाे अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै सल्यानकाे सलिवजार, बाउखाेला, राेल्पाकाे डलसिंगे र रूकुममा समेत यातायात सेवा सञ्चालन गरिएको छ ‘हामिहरूले देशका विभिन्न स्थान देखि दाङ–काठमाण्डौ रुटमा सुविधा सम्पन्न गाडि सञ्चालन गरेका थियौ तर थप सेवाका लागि थप बसहरु थपगरी भारतमा समेत सेवा विस्तार गरेकाछौं –अध्यक्ष बुढाथोकीले भने ।’
समय अनुसार यात्रुहरुको चाहना र आरामदायि यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै नेपाल र भारतमा सेवा सञ्चालन गरेकाे उनले जानकारी दिए ।
तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामा भित्र सवै स्थानमा सेवा प्रदान गदै आएको थियाे अब भने भारतमा पनि सेवा सुरू गरेकाे छ।
