२०८२ असार ६ गते शनिवार

बुटवलका पत्रकार पोखरेलको निधन

बुटवल,साउन ३१ । बुटवलका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ।

लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन्।

प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्।

हाल बुटवलवाट प्रकाशित हुँदै आएको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

उनलाई बुटवल(२ स्थित मैनाबगर घाटमा आज बिहान ११ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *