२०८२ कार्तिक २२ गते शनिवार

गएको वर्ष उद्घाटन भएको मेलम्ची आउँदो मङ्गलवार फेरि उद्घाटन हुने

काठमाण्डौ,चैत २६ । गएको वर्ष उद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको आउँदो मङ्गलवार फेरि उद्घाटन हुने भएको छ ।

चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्ची आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको छ । मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गरेका थिए । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गरेकी थिइन । तर गएको असार एक र साउन १७ गतेको बाढीले आयोजनामा क्षति गरेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *