२०८३ जेष्ठ २५ गते सोमवार

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

दाङ, जेठ २५ ।
लुम्बिनी प्रदेशका पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बुटवल स्थित आफ्नो कार्यालयमा एक समारोहका बीच सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
एमालेका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी पाँच जना नयाँ मन्त्रीले सपथ खाएका हुन ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम जेठ २० गते मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । सोही दिन उनीहरुलाई जिम्मेवारीपनि बाँडफाँड गरिएको थियो ।
नब नियुक्त मन्त्रीहरु तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिरले सपथ खाएका हुन । अहिर जसपाका हुन ।
तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *