२०८३ जेष्ठ २५ गते सोमवार

लुम्बिनी प्रदेशमा थपिएका ५ नयाँ मन्त्रीले आज शपथ लिदै


दाङ, जेठ २५ ।

लुम्बिनी प्रदेशमा थपिएका पाँच जना नयाँ मन्त्रीले सोमबार शपथ लिदै छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालय बुटवलमा बिहान ११ बजेपछि शपथ समारोह राखिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले जेठ २० गते नेकपा (एमाले) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना मन्त्रीलाई नियुक्त गर्नुका साथै कार्यालयको जिम्मेवारी पनि तोकिसकेका थिए ।
एमाले बाट थपिएका नयाँ मन्त्रीहरुमा तुलसीप्रसाद चौधरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका थिए । त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । जसपाका अहिर पटक / पटक मन्त्री बन्दै आएका ब्यक्ति हुन ।
एमाले बाट मन्त्री बनेका चार मध्य तीन जना नयाँ अनुहार हुन । हाल मन्त्री बनेकाहरु मध्य बाँकेका खत्री मात्रै यसअघि पनि मन्त्री थिए ।
नेपाली काँग्रेसले प्रदेश सरकारको नेतृत्व नै परिवर्तनको कुरा उठाउँदै आएको छ । उस्ले मुख्यमन्त्री नै परिवर्तन हुनु पर्ने माग गरि रहेको समयमा एमालेले आफ्नो पार्टीको तर्फबाट पुराना मन्त्रीलाई बोलाएर नयाँलाई अबसर प्रदान गरेको हो । काँग्रेसले असार १ गते आउने बजेट पछि सरकारको नेतृत्व परिवर्तको लागि भूमिका खेल्न भएको छ । काँग्रेसले आफ्नै नेतृत्वमा सरकारका बनाउन कसरत गरि रहेको छ । काँग्रेसमा लुम्बिनी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी छन् । त्यसैले फेरि मुख्यमन्त्री बन्ने संभावना बलियो देखिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *