२०८३ जेष्ठ २५ गते सोमवार

राश्वपा रुकुम पश्चिमको सभापतिमा द्रोर्ण खड्का निर्वाचित


दाङ, जेठ २५ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन् ।
प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति भएको प्राप्त मत परिनाम अनुसार खड्काले ४२ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी पुस्तक चन्दले ३० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसभापतिमा रिमप्रसाद शर्मा निर्वाचित भए । उनले ३२ मत प्राप्त गरे । उनका तीन जना प्रतिष्पर्धीहरु रवीन्द्रकुमार विष्ट २० , ठकेन्द्र गिरी १४ र घमण्डबहादुर चन्दले ५ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा दीपेन्द्रराज विष्ट ५८ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी नवराज मल्लले १४ मत प्राप्त गरे । सहसचिवमा प्रेम बाँठा मगर २७ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिष्पर्धी सशे खत्रीले २३ र पदम ददेलपनि २३ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा निरज गिरी ४२ , यामराज डाँगी ३४, लोकबहादुर गिरी ३३ , विनोद बटाला ३३ र रमेश गिरी ३१ मत प्राप्त गरि निर्वाचित भए । रुकुम पश्चिममा कुल ११३ मतदाता थिए । ७३ मत मात्रै खसेको थियो ।
सदस्यमा कल्पना विष्ट र सुनिता केसी भने निर्विरोध निर्वाचित भएका हुन । पदम ददेल सदस्यमा मनोनित गरिएका ब्यक्ति हुन ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *