२०८३ जेष्ठ २४ गते आइतवार

राश्वपा दाङको सभापतिमा लमहीका किरण खनाल निर्वाचित

तुलसीपुर, जेठ २४ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को प्रथम जिल्ला अधिबेशन बाट किरण खनाल निर्वाचित भएका छन् ।

दाङको लमहीबाट प्रतिनिधित्व गर्ने ३४ बर्षीय उनी १९६ मत प्राप्त गरेका थिए । आइबार बिहान ३ बजे प्रकासित अन्तिम मत परिनाम अनुसार निवर्तमान सभापति लमही निवासी विनय घिमिरेले १२४ मत प्राप्त गरे । निर्वाचन संयोजक लोकमान रिजालका अनुसार प्रतिष्पर्धी मध्य तुलसीपुर निवासी पूर्व एसपी केदार रजौरेले जम्मा ६ र लमही निवासी ब्यापारी किरणकुमार आचार्यले जम्मा २ मत मात्रै प्राप्त गर्न सके ।
त्यस्तै उपभापति पदमा शान्तिनगर गाउँपालिका – ६ कोरबाङका जेनजी युवा २० बर्षीय निराजन थापा २४० मत प्राप्त गरि निर्वाचित भए । उनी यसअघि जिल्ला कार्यसमिति सदस्य थिए । उनकी प्रतिष्पर्धी सुनिता रावतले ८० मत प्राप्त गरिन ।
जिल्ला सचिव पदमा असिम भुसाल २०० मत प्राप्त गरि निर्वाचित हुँदा बलिराम खत्रीले १२३ मत प्राप्त गरे ।
जिल्ला सहसचिव पदमा तीन जना प्रतिष्पर्धी मध्य प्रमिला रोका मगर १८४ मत प्राप्त गरि निर्वाचित भइन । निकतम प्रतिष्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।
त्यस्तै निर्वाचित सदस्यहरुमा प्रतापबिक्रम पुन मगर १८३, होताराम आचार्य १०४, अनन्ता चौधरी १०६, चुमान चौधरी ९९ मत प्राप्त गरि निर्वाचित भएका छन् । एक जना पबित्रा बिक भने निर्विरोध निर्वाचित भएका छन् ।
मतदान बाट सभापतिसहित बिभिन्न पदमा १२ जना निर्वाचित भएका छन् । कुल १५ सदस्य कार्यसमितिमा पराजय बेहोरे पनि मतदानमा २५ प्रतिसत कटाएको हुँदा निवर्तमान जिल्ला सभापति बिनय घिमिरे जिल्ला सदस्यमा स्वतह पर्ने छन् । थप दुई जना भने मनोनित गर्ने प्राबधान छ । सर्वसम्मत नेतृत्व चुन्ने प्रयास बिफल भएपछि शनिबार बेलुकीदेखि मतदान भएको थियो । त्यो मतदानमा कुल ३३५ मत खसेको थियो भने ६ मत बदर भएको निर्वाचन संयोजक रिजालले बताए ।
राश्वपा दाङमा झन्डै साढे चार सय जना मतदाता थिए । वडासभापति, पालिका कमिटी, प्रत्येक पालिका बाट ४ / ४ जिल्ला प्रतिनिधि , जिल्ला कमिटी, जिल्ला बिभाग कमिटीहरु, जिल्ला र्‍याट, प्रदेश कमिटी, प्रदेश बिभाग कमिटीहरु, केन्द्रीय प्रतिनिधिले जिल्ला नेतृत्व चुन्न मतदान गरेका थिए ।
त्यस्तै पार्टीको तीन क्षेत्रीय सभापति सर्वसम्मत रुपमा निर्वाचित गरिएका थिए । क्षेत्र नं. १ मा मोहन आचार्य, २ मा किरण खड्का र ३ मा लाजुराम चौधरी क्षेत्रीय सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *