२०८३ असार २८ गते आइतवार

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

जनकपुरधाम,मंसिर २० । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ।

प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित भएको हो।

कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ का संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिए।

सर्लाहीमा प्रदेशका आठ वटै निर्वाचन क्षेत्र र जनकपुरमा विवाहपञ्चमी महोत्सव चलिरहेकाले प्रदेश अधिवेशन स्थगित गरिएको जानकारी दिए।

‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन। विवाह पञ्चमी महोत्सव पनि चलिरहेको छ। यस्तो अवस्थामा निर्वाचन गराउनु सम्भव देखिएन,’ उनले भने।

सर्लाहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता अमरेश सिंह र सभापति शेरबहादुर देउवा पक्षका वीरेन्द्र सिंहबीचको टसलले केही वडामा समेत अधिवेशन सम्पन्न हुन सकेको छैन। बाँकी रहेको वडामा आज अधिवेशन जारी रहेको बताइएको छ।

त्यसैगरी महोत्तरी, बारा र सप्तरीको १–१ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको समेत अधिवेशन हुन सकेको छैन। अधिवेशनको क्रममा महोत्तरी र सर्लाहीमा पटकरपटक झडप समेत भएको थियो।

सर्लाहीमा अधिवेशनको लागि तेस्रो निर्वाचन अधिकृतले राजीनामा दिएपछि चौथो अधिकृत खटाइएको छ। त्यसैगरी महोत्तरीका मतदान अधिकृतले आफूलाई अपहरण गरिएको भन्दै राजीनामा समेत दिएका थिए।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *