दाङ, भदौ २ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ ।
सदुरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले काँग्रेसु सांसद देउवालाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
पूर्व मन्त्रीसमेत रहेका प्रकाश पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन । प्रकाश गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि बिना जानकारी अमेरिका गएका थिए । त्यसपछि उनी फर्किएका छैनन् ।
सोही कारण उनी प्रदेप्रदेश सभाको बैठकमा उपस्थित भएका छैनन् । लामो समय बैठकमा अनुपस्थित रहेका कारण प्रकाशलाई पदमुक्त गर्ने निर्णय सभामुख भण्डारीले बताए ।
प्रकाशको खातामा विगत ११ महिनादेखि तलब भने गइ रहेकै थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
