
अर्का घाइतेको उपचार जारी
दाङ, भदौ ३ ।
गाडीले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान कपुरकोटका सभापतिको उपचारका क्रममा दाङमा मृत्यु भएको छ ।
दुर्घटनाका घाइते मध्य कपुरकोट गाउँपालिका –६ निवासी ३४ बर्षीय बेदबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ हस्पिटल बुधबार बिहान ८ बजेतिर मृत्यु भएको हो ।
मृतक वलीका काका कपुरकोट – ६ कै ५२ वर्षीय शुकलाल वलीको उपचार जारी छ । कपुरकोट – ६ का वडाध्यक्ष श्याम कृष्ण बोहराका अनुसार घाइते शुकलालको बाँकेको नेपालगञ्जमा उपचार जारी छ । प्रहरीका अनुसार मोटरसाइकल मृतक बेदबहादुरले चलाएको थिए भने काका शुकलाल पछाडि सवार थिए ।
सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पाततीले डिएसपी पातलीले गाडीका चालक दाङ तुलसीपुर उपमहानगरपालिका –११ का २७ वर्षीय सुरज मिजार प्रहरी नियन्त्रणमा रहेको बताए ।

मंगलबार बिहान पौने १२ बजेतिर राप्ती राजमार्ग अन्तगर्त कपुरकोट –३ मूलपानी नजिकै बाँकेको नेपालगंज बाट दाङको तुलसीपुर हुँदै रुकुम पश्चिम तर्फ जाँदै गरेको यात्रुबहाक लु.प्र. ०१–००१ ख १११२ नम्बरको फोर्स गाडीले विपरीत दिशा कपुरकोट तर्फ आउँदै गरेको वली सवार बा . ६८ प २५२८ नम्बरको मोटरसाइकल ठोक्किर दिएको थियो ।
त्यसपछि दुर्घटनाका घाइते दुवै जनालाई उद्धार गरी कपुरकोटस्थित आधारभुत अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ पठाइएको थियो ।
तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलको उपचार पछि तत्काल चिकित्सकले उनलाई थप उपचारका लागि घोराहीका लागि रिफर गरेका थिए ।
उनको उपचारका क्रममा बुधबार बिहान ८ बजेतिर घोराहीस्थित सञ्जिवनी हस्पिटलमा मृत्यु भएको हो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
