२०८३ साउन २९ गते शुक्रवार

तुलसीपुरमा पुँवार खड्का प्रतिष्ठानको पहिलो बैठक


तुलसीपुर, साउन २९ ।
तुलसीपुरमा शुक्रबार दिउँसो पुँवार खड्का प्रतिष्ठान नेपालको पहिलो केन्द्रीय परिषद बैठक बस्यो ।
प्रतिष्ठानका अध्यक्ष आजाद खड्काको अध्यक्षता र नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको प्रमुख आथित्यतामा परिषदको बैठक बसेको हो ।
बैठकले बिभिन्न जिल्लाहरुमा प्रतिष्ठानको शाखा गठन गर्र्ने, पुँवार खड्कालाई संगठित गरि पुँवार खड्काको बंशाबली तयार पार्ने निर्णय गरेको छ ।
कार्यक्रमलाई प्रतिष्ठानका उपाध्यक्ष जयबहादुर खड्का, प्रतिष्ठानका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का लगाउत दर्जन बढीले पुँवार खड्काको बंशाबली तयार पारी एकताबद्ध भइ अगाडि बढ्न सुझाएका थिए ।
कार्यक्रमको सहजीकरण प्रकाश खड्काले गरेका थिए ।
पुँवार खड्का प्रतिष्ठान नेपालको बिधान तयार पारी दर्ता भइ सकेको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *