तुलसीपुर, भदौ १ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबारको प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
उनले प्रदेश सभा बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४५ प्राप्त गरे । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए । ११ जना मतदानमा सहभागि भएनन् । आचार्यलाई उनको दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिए । बुहमतका लागि ४२ मत चाहिन्थ्यो । आचार्यको पक्षमा ४५ मत पुगेपछि सभामुख तुलाराम घर्ती मगरले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
साउन १२ मा नेपाली कांग्रेसले आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । आचार्य दुई बर्ष अघि २०८१ साउन ७ मा काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
पछिल्लो समय साउन ९ गते एमाले र नेकपाका बीचमा ३ बुँदे सहमति भएको थियो । जस्मा प्रदेशको भागवन्डा भएको थियो ।
यसअघि ८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभा गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा ४ जनाले पदबाट राजीनामा दिएर चुनाव लडेका थिए ।
प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
