दाङ, साउन २७ ।
लुम्बिनीमा सरकारलाई निरन्तरता दिन सकश भएपछि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टी (मसाल) सँगपनि सत्ताका लागि सहमति गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच बुधबार थप २ बुँदे सहमति भएको हो । यअसघि साउन ९ गते एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डका बीचमा प्रदेशमा सरकारको भाग बण्डाका लागि ३ बुँदे सहमति भएको थियो ।
तर, त्यो सहमति अनुसार सरकार गठनमा सकश भएपनि फेरि एक मात्रै सांसद भएको मसाल संग सहमति दुई दलले गरेका हुन । सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने भएपछि मसाललाई पनि मिलाउन दुई दल बाध्य भएका हुन ।
८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ ।
यहाँ एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । सभामुखले बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको आवश्यकता परेको थियो । त्यसैका लागि ओली र प्रचण्डले सिंह संग अर्कौ संझौता गरेका हुन ।
एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने छन् । एमालेले हालका मुख्यमन्त्री चेतनारायण आचार्य मुख्यमन्त्रीमा निरन्तता दिने निर्णय गरि सकेको छ ।
यसैबीच मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वास मत लिने तयारी गरेका छन् ।
