२०८३ साउन २९ गते शुक्रवार

घोराहीबाट २३ बर्ष पछि पक्राउ परे कतब्र्य ज्यान मुद्दाका फरार प्रतिबादी


तुलसीपुर, साउन २९ ।

जिल्ला प्रहरी कार्यालय दाङले अर्का एक जना कतब्र्य ज्यान मुद्दाका फरार प्रतिबादीलाई २३ बर्ष पछि नियन्त्रणमा लिएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका – १८ सुपैलाखुटी ज्ञानेन्द्र भनिने ज्ञानबहादुुर गिरीलाई प्रहरीले २३ बर्ष पछि पक्राउ गरेको हो ।
जिल्ला प्रबक्ता डिएसपी डा.हेमबहादुर केसीका अनुसार गिरी बिरुद्ध २०६०/०२/११ गते साबिक लक्ष्मीपुर गाविस वडा नं. ३ र ४ को सीमानामा पर्ने सिस्ने खोलामा साबिक त्रिभुवन नगरपालिका – १८ सुपैलाखुटीका २३ बर्षीय संजिव बुढा मगरलाई कतब्र्य गरि हत्या गरेको जाहेरी परेको थियो ।
हत्या गरिएका संजिवकी दिदीले दिएको किटाजी जाहेरी पछि प्रहरीले जिल्ला अदालतले पक्राउ पुर्जी लिएपछि गिरी भागेर हालसम्म बेपत्ता थिए ।
पछिल्लो समय खोजी गर्ने क्रममा गिरी आफ्नै घरमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो ।
गिरीलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको छ । उनी माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *