२०८२ माघ २३ गते शुक्रवार

वीरेन्द्र माबि हेकुँलीले जित्यो लगातार ६औं पटक रनिङ शिल्ड

लक्ष्मण बस्नेत, दंगीशरण पुस २५ । दंगीशरण गाउपालिकामा भएको बिधालय स्तरिय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि वीरेन्द्र नमुना माबि हेकुलीले जितेको छ ।

गाउँपालिकाको आयोजना र भानु माध्यामिक बिधालय प्रसडुवाको ब्यबस्थापनमा संचालित प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेर वीरेन्द्र नमुना मावि हेकुली दोस्रो रनिङ शिल्ड जितेको हो ।

यसअघिका लगातार पाँचौं संस्करणका शिल्डपनि हेलुलीले नै जितेको थियो । यो संगै हेकुली लगातार छैठौं पटक रनिङ शिल्ड बिजेता बन्न सफल भयो ।

प्रतियोगितामा ८ स्वर्ण ,४ रजत र ६ कास्य पदक जितेर श्रीगाउँ लाइफ भिजन बोर्डिङ स्कुल सिम्ठानाले दृतिय हुँदा ७ स्वर्ण, ९ रजत र ६ कास्यसहित सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँ तृतिय भयो ।

त्यस्तै ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडा ३ स्वर्ण, ७ रजत र ७ कास्य पदक जितेर सान्त्वना स्थान हालिस गर्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले बताए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह वडा नं. ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सयोजक रोशनजंग शाहको अध्यक्षता र गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काको बिशिष्ट आतिथ्यमा भएको थियो ।


प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु भलिबल छात्र तर्फका वीरेन्द्र मावि हेकुलीका दुर्गाबहादुर राम्जा, छात्रा तर्फ श्रीगाउ लाइफ भिजनका गायत्री लामिछाने, एथलेटिक्स छात्रमा श्रीगाउ लाइफ भिजन सेकेन्डरी स्कुल सिम्ठाका सुनिल वली, छात्रामा सिद्ध पृथ्वी जनता मावि श्रीगाँउकी रोषण सुनार, कवड्डी तर्फ छात्रमा भानु मावि प्रसडुवाका आकाश चौधरी, छात्रा तर्फ बीरेन्द्र मावि हेकुलीका सलिना चौधरी लगाएतलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको सचिवालय सदस्य सुवास वलीले जानकारी दिए ।


कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिब महेन्द्र केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *