२०८३ कार्तिक १० गते सोमवार

लुम्बिनी लायन्सले ७ बिकेटले हरायो सुदुरपश्चिम रोयल्सलाई

दाङ, कात्तिक ९ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को ओपनिङ खेलमा लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्सलाई ७ बिकेटले हराएको छ ।

सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको जित निकालेको हो ।
लुम्बिनीका लागि यो जित निकाल्न शेर मल्ल र किशोर महतोले उत्कृष्ट बलिङ गरेका थिए ।
लुम्बिनीका ओपनर डार्सी सर्ट र आसिफ शेखले ७१ रनको साझेदारी गरेका थिए ।

सर्टले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाउन सफल भएका थिए । जो अनिल खरेलको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भएका थिए । आसिफ शेखले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिए । उनी पनि खरेलको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

लुम्बिनीका निरोशन डिकवेल्ला १० बलमा ७ रन बनाउँदै ऐरीकै बलमा बोल्ड हुन पुगेका थिए ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३ बलमा ५ रन जोड्दै अविजित रहे भने शमीम हुसेनपनि ३ बलमा १ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३.५ ओभरमा ३१ रनमा १ विकेट लिएका थिए । स्कट कुगेलेइनले २ ओभरमा ३० रन खर्चिए भने हेमन्त धामीले १ ओभरमा ५ र ब्रान्डन म्याकमुलनले १ ओभरमा ११ रन जोडेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *