२०८३ कार्तिक १० गते सोमवार

एकमहिना लामो एनपीएल आजदेखि सुरु हुँदै

उद्घाटन खेल – लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच हुँदै

दाङ , कात्तिक ९  ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण  सोमबारदेखि सुरु हुँदै छ ।

राजधानीको कीर्तिपुरस्थित टियु मैदानमा प्रधानमन्त्री बालेन शाहले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

बेलुकी ५ बजे पछि उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुनेछ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार  एनपीएल करिब एक महिनासम्म चल्ने छ ।

क्यानका अनुसार प्रतियोगितामा पहिलो पटक डिआरएस प्रणाली लागु गरिने भएको छ ।

प्रतियोगितामा कुल आठ टिम भिड्ने छन् । बिभिन्न टिमले प्रतियोगिता खेल्न विदेशका स्टार खेलाडी पनि भित्याइएका छन् ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख,   उपविजेताले ८० लाख , तेस्रोले ४० लाख र चौथो हुने टिमल ३० लाख पुरस्कार पाउने छन् ।

एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *