२०८३ कार्तिक १४ गते शुक्रवार

नेपालगंजमा भोलिदेखि अन्तराष्ट्रिय स्वीमिङ प्रतियोगिता

दाङ, कार्तिक १३ ।


शनिबारदेखि नेपालगंज रंगशालामा नेपालगंज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुने भएको छ ।
आयोजक संस्था बाँकेको नेपालगंज स्वीमिङ क्लबले नेपाल स्वीमिङ एसोशियसनसंग सहकार्य गरेर प्रतियोगिता आयोजना गर्न थालेको हो ।
प्रतियोगितामा भारतबाट करिब ५० जना र बाँकेको नेपालगंज लगायत देशैभरबाट करिब १५० जना गरी करिब २०० जना खेलाडिहरु सहभागी हुने आयोजकले जनाएको छ ।


अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ बर्ष भन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन ।
खेलाडीका बिचमा फ्रि स्टाइल, बेष्ट स्ट्रोक , ब्याक स्ट्रोक , बटर फ्लाइ , रिले र ब्यक्तिगत गरी ६ छुट्टा छुट्टै बिधाका ८० वटा इभेन्टमा प्रतिष्पर्धा हुने छ ।
च्याम्पियनसिपमा सहभागी हुन भारत लगायत देशैभरका खेलाडी नेपालगंज आउने क्रम सुरु भएको क्लबका अध्यक्ष केशब न्यौपानेले बताए ।
क्लबले स्थापना कालदेखि नै नियमित रुपमा राष्ट्रिय स्तरको स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करणको सफल आयोजना पछि तेस्रो नेपालगंज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप १४ र १५ गते नेपालगंज रंगशालामा हुन लागेको हो ।


च्याम्पियनसिप संचालनका लागि आबश्यक पर्ने सम्पुर्ण प्राबिधिक तयारी पुरा भइ सकेको नेपाल स्वीमिङ एसोशियसनका प्राबिधिक निर्देशक बिष्णु खड्काले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल अबधिभर नेपालगंजका स्वीमिङ पुल भएका चारतारे स्तरका होटेलमा बस्ने र खाने निशुल्क सुबिधा आयोजक क्लबले उपलब्ध गराउने भएको छ ।
स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगंजका स्वीमिङ खेल प्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको यो क्लबव नै लुम्बिनी प्रदेश कै पहिलो स्वीमिङ क्लब हो ।
स्वीमिङ स्वास्थ्य, सुरक्षा र जीवनशैलीसंग जोडिएको महत्वपुर्ण खेल हो । स्वीमिङ जान्नुलाई विश्वभर नै एउटा अत्यावश्यक जीवन उपयोगी सीपका रूपमा लिइन्छ ।


प्रतियोगिता संचालन गर्न करिब ३५ लाख लाग्ने अनुमान गरिएको छ ।भोलिदेखि सुरु हुने च्याम्पियनसिपलाई नबिल बैकले टाइटल स्पोन्सर गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद , नेपालगंज उपमहानगरपालिका , कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन । नेपाल टेलिकम , बिवाइडी, बेष्टन हस्पिटल, शिखर प्लाइ , डर्मा अर्थ , स्टार पाइप एन्ड फिटिङले स्पोन्सर गरेका छन।
बिद्यालय पाटनरको रुपमा शिखा एकेडमी ब्राइट ल्यान्ड , सोफिया, आर्दश, बागेश्वरी एकेडमी लगायतका बिद्यालय रहेका छन ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *