
दाङ, कात्तिक २० ।
प्यूठान प्रहरीले गाइ काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान ८ बजेटिर खोलामा लगेर गाई काटेर मारेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको स्वर्गद्वारी नगरपालिका – ३ देउरालीका ५३ बर्षीय मोहन विक, सोही वडाको भिँग्री बस्ने ४१ बर्षीय कृष्णबहादुर नेपाली र ३९ बर्षीय कासिराम नेपाली छन् ।
प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उनीहरुलाई तीनै जनालाई गाई काटेको आरोपमा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी – ३ देउरालीस्थित मोहन विकको घरदेखि करिब १०० मिटर टाढा खोलामा गाई काटेर मारेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
