२०८२ माघ ३ गते शनिवार

ज्ञानज्योति इन्टर कलेज फूटबलको उपाधि कम्प्युटर साइन्स टुबेललाई


लक्ष्मण बस्नेत, तुलसीपुर, मंसिर १६ । तुलसीपुुरस्थित ज्ञान ज्योति दोश्रो इन्टर कलेज फुटबल प्रतियोगिता २०८२ को उपाधि साइन्स १२ ले जितेको छ ।


ज्ञान ज्योती फाउन्डेसनको आयोजनामा फाउन्डेसन खेल मैदान गोलौरामा संचालित प्रतियोगिताको सोमबार फाइनल खेलमा ज्ञान ज्योती अन्डर टेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै कम्प्युटर साइन्स १२ ले उपाधि जितेको हो । उपाधि संगै उस्ले नगद २० हजार ,कप मेडल, प्रमाण पत्रपनि प्राप्त गरेको थियो ।


त्यस्तै अन्डर टेन उपबिजेतामा सिमित रहदै नगद १० हजार, कप, मेडल तथा प्रमाण पत्र प्राप्त गर्‍यो ।

कम्प्युटर साइन्सका लागि गगन, खड्काले २ गोल र किरण थापा र सुवास बुढाले १/१ गोल गरे । अन्डर टेनका लागि अनिल परियार र युबराज घर्तीले टिमका लागि १/ १ गोल गरेका थिए ।


ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर अन्डर टेनका सरगम थापा, हाइ स्कोरर कम्प्युटर साइन्सका गगन खड्का, बेष्ट किप्पर कम्प्युटर साइन्सकै जीवन नेपालीले प्राप्त गरेको ज्ञान ज्योति फाउन्डेसनका खेल प्रशिक्षक प्रितिबहादुर गिरी (प्रेस) ले जानकारी दिए ।


समापन तथा पुरस्कार बितरण कार्यक्रम ज्ञान ज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता र दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको प्रमुख आतिथ्य एवं दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष ऋषिराज लहरे (अरुण)को विशिष्ट आतिथ्यमा भएको हो ।

सो अवसरमा दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशिल श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ, मन्जित बाँठा, लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्तोष वली ,ज्ञान ज्योती कलेजका एकेडेमी कोर्डिनेटर सरद गौतम, आदर्श एकेडेमिका प्रिन्सिपल वसन्त टन्डन,सुरज वली लगाएतको सहभागिता थियो । कार्यक्रमको संचालन ज्ञान ज्योतिका सन्तोष केसीले गरेका थिए ।


पाँच दिन सम्म संचालित प्रतियोगितामा फाउन्डेसन भित्र रहेका तीन कलेजका विभिन्न संकायका १३ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *