२०८२ माघ ३ गते शनिवार

नेपालमा एनपिएलको दोस्रो सिजन आजदेखि सुरु

बदलिदै इतिहास ‘डे नाइड गेम’ हुँदै

दाङ , मंसिर १ । क्रिकेट क्षेत्रको दोस्रो सिजनको कुम्भ मेला सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ ।

फ्लडलाइटमा रातिमा समेत खेलहरु हुन थालेका छन् । जस्ले नेपालको क्रिकेटको इतिहास नै बदलिदै छ ।


यो नेपाल अबदेखि ‘डे एण्ड नाइट’मा पनि क्रिकेट खेलाउन सक्षम भएको तथ्य हो । त्यसैले खेल प्रेमी तथा क्रिकेट पनि उत्साहित छन् । उद्घाटनको दिनमै दश हजार सबै टिकेट बिक्री हुनु पनि त्यसको उदाहरण हो ।

२७ दिनसम्म चल्ने क्रिकेटको यो कुम्भ मेलाले बिश्वको ध्यान नेपाल तिर तान्न सक्ने छ भने अर्कौ तर्फ एनपिएलमा देशका प्रतिष्ठित उद्योगी ब्यापारीको आवद्धता छ ।

त्यसैले यो क्रिकेट क्षेत्रको मात्रै होइन नेपालकै लागि एक प्रतिष्ठाको बिषय हो । एनपिएल खेल्न विश्वका बिभिन्न देशका क्रिकेटका स्टारहरु नेपालमा आउनु पनि आँफैमा उत्साहको बिषय हो ।

अब नेपाली क्रिकेटहरुले पनि पहिले जस्तै त्रिबीको घाँसे मैदानमै बसेर खेल हेर्न दिन गएका छन् । दर्शकले पहिलो पटक रंगीचंगी प्यारापिटबाट खेल हेर्दै छन् ।

उद्घाटन खेल खेल अपराह्न ४ बजे सुरू हुँदै छ । उद्घाटन खेलमा अघिल्लो संस्कणको विजेता जनकपुर बोल्टस र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिबि मैदानमा २७ दिनको अवधिमा ३२ खेल हुँदैछन् । आठ टोलीबीच समूह चरणमा २८ खेल हुनेछन ्। यस्तै तीन वटा प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन् । दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल साढे ३ बजे अर्थात ४ बजे सुरू हुनेछन्।

प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुने छ। मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइनमै हुनेछ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुँदै छ । एक मात्र खेल हुने दिन पनि फ्लडलाइटमै खेल हुनेछ।

नेपाली खेलाडीको २ लाखदेखि २२ लाख रूपैयाँसम्म रकम लिएका छन् । विदेशी खेलाडीको सार्वजनिक गरिएको छैन। विजेता टोलीले एक करोड ११ लाख, उपविजेता ५१ लाख, तेस्रोले २५ लाख तथा चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै क्यानले ४४ करोडभन्दा बढी आम्दानी गर्ने अनुमान गरेको छ।

जसमा प्रायोजकबाट १५ करोड, फ्रेञ्चाइज टोलीबाट ९ करोड, टिकट बिक्रीबाट १२ करोडसम्म, ओटिटी राइट्स बिक्रीबाट ५ करोड ३० र टिभि राइट्स बिक्रीबाट ३ करोड रूपैयाँ छ।


अहिलेसम्म आबद्ध भएका खेलाडी विदेशी खेलाडी – १४ देशका ४३ जना रहेका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *