नेपालगन्ज, कात्तिक २४ । होलिल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्जमा आइतबार भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो ।
निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गरेका थिए ।
मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गरे । त्यस्तै छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्ने छ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।
