२०८२ मङ्सिर २२ गते सोमवार

ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जित्यो नेशनल स्वीमिङ च्याम्पिनसीपको उपाधि

दाङ, कात्तिक १६ । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । शनिबार बेलुकी अवेर सकिएको प्रतियोगिताको प्रथम र दृतिय स्थान सगरमाथाले नै कब्जा गरेको हो ।


नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक प्राप्त गरि उपाधि जितेको हो ।


नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले बिजेता टिमलाई सामुहिक रुपमा ट्रफी हस्तान्तरण गरेका थिए ।


प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक प्राप्त गरि ललितपुरकै जेम्स स्कुल दृतिय स्थान हासिल गर्न सफल रह्यो ।
त्यस्तै बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तृतिय स्थान हालिस गर्न सफल रह्यो ।

त्यस्तै काठमाडौंको लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक प्राप्त गरेको क्षेत्रीले बताए ।


आफ्नो क्लबलाई प्रथम स्थानमा पुर्‍याउन शगरमाथा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ स्र्ण पदक जितेका थिए ।

कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीको पुरस्कार थापे । उनीहरुलाई जनही पाँच/ पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देशभर बाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।


आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तराष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए ।

उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । क्लबले आगामी दिनमा स्थानीय स्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको विकासमा टेवा पुर्‍याउनले बताए ।


प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष श्रेष्ठले नेपालगन्ज स्वीमिङ क्लबसँग सहकार्य गरेर यस क्षेत्रमा पौडीको विकासमा लाग्ने पनि बताए ।

यसैबीच नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिन सीप २०२५ का पदक विजेता खेलाडीलाई निःशुल्क रुपमा अभ्यास गर्न दिने भएको छ ।


नेपाल पौडी संघ, नेपालगन्ज स्वीमिङ क्लबका पदाधिकारी र सदस्यहरुबीचको छलफलका क्रममा मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन ।

उनले नेपालगन्जमा रहेको पौडी पोखरीबाट खेलाडीहरुले बढी भन्दा बढी फाइदा लिनका लागि आफूले सहयोग गर्ने बताए ।


नेपाल पौडी संघले पनि नेपालगन्जमा पौडी खेलको विकासका लागि प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *