२०८२ कार्तिक २५ गते मङ्गलवार

नेपालले कतारलाई हरायो


दाङ, असोज २८ । आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर–६ को खेलमा नेपालले कतारलाई पराजितगरेको छ ।

ओमानमा जारी खेलमा सोमबार रातिको खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो ।


नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट हुन पुगेको थियो । यो संगै नेपालले ६ अंक जोड्न सफल भएको छ । ओमनको पनि समान ६ अंक छ ।

यो जित संगै नेपाल सन २०२६ मा भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट नजिक पुगेको विश्लेशन गरिएको छ ।

अब नेपालले तेस्रो खेल बुधबार घरेलु टोली ओमानसँग हुने छ । तर अन्तिम खेल भने नेपालले सामोआसँग शुक्रबार खेल्ने छ ।

सुपर –६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रऋदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ खेल्न पाउने छन ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *