२०८३ साउन ११ गते सोमवार

आँप बेचेरै बार्षिक लाखौं आम्दानी गर्दै आएको नेसंवि

तुलसीपुर, असार २३ । केन्द्रीय कार्यालय बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो जग्गामा रोपेका आँप बेचेर मात्रै बार्षिक लाखौं आम्दानी गर्दै आएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १८ बर्लेनीस्थित पुरानो अष्ट्रिच फर्मको ४५ बिगाहा जमिनमा पुरै आँपको बगैचा उस्ले ठेक्कामा लगाएको छ । त्यो बगैचा स्थानीय युवा शंकर नेपालीले ठेक्कामा लिएको पाँच बर्ष पुरा भइ सकेको छ ।

बार्षिक झन्डै २० लाख दिने सर्तमा उनले ३० बर्षका लागि बगैचा ठेक्कामा लिएको बताउँछन् । त्यहाँ झन्डै दुई हजार जति आँपका रुखहरु छन् । यो बर्ष शंकरले घोराहीका अर्का एक जना घोराहीका ब्यबसायीलाई भन्डै १५ लाख बराबरमा आँप बिक्री गर्ने ठेक्का लगाएका छन् ।

त्यस्तै विश्वविद्यालय बेलझुण्डीस्थित केन्द्रीय कार्यालय परिशर र तुलसीपुर – १७ जिनुवा गाउँको आँपका बगैचको ठेक्का अर्कै ब्यक्तिलाई दिएको छ ।


बेलझुण्डीस्थित केन्द्रीय कार्यालय परिशर र जिन्वा गाउँमा गरि झन्डै पाँच बिगाहा जत्तिमा कलमी जातका आँपहरु रोपिएका छन् । ती बोटहरुमा आँप लटरम्म फलेको छ ।

विश्वविद्यालयकी सम्पत्ति ब्यबस्थापन शाखाकी अधिकृत बिना बिसीका अनुसार यो बर्ष केन्द्रीय कार्यालय परिशर र जिन्वा गाउँका आँपका बगैचाको ठेक्का घोराही गोग्लीका वाइत अलीले ७ लाख ५ हजारमा लिएका छन् । सबै गरि विश्वविद्यालयले बगैचाको आँपहरु बाट बार्षिक २७ लाख बराबरको आम्दानी गर्दै आएको छ ।

विश्वविद्यालयको नाममा जिल्लाको तुलसीपुर उपमहानगरपालिका र देउखुरीको लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा विश्वविद्यालयको एक हजार चार सय बिघा जति जग्गा छ।

देउखुरी क्षेत्रमा पर्ने लमही, गढवा र राजपुरमा मात्रै एक हजार ३३६ बिगाहा जग्गा अतिक्रमणमा छ।
लमहीको सतबरियामा १६८, राजपुरमा एक हजार हजार १३२ र गढवाको गोबरडिहामा ३६ बिगाहा जग्गाको आम्दानी विगत २४ वर्षदेखि विश्वविद्यालयले लिन पाएको छैन ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको तुलसीपुरस्थित बेलझुण्डी क्षेत्र ३२६ बिघा जग्गामध्ये करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ।

विश्वविद्यालयको ४०८ बिगाहा जग्गामा मोही हक दाबी गर्दै विभिन्न व्यक्तिले निवेदनसमेत दिएका थिए।

तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको समयमा २०५८ सालदेखि विश्वविद्यालयको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्ने अभियान तीव्र बनेको थियो।

विश्वविद्यालयले विगतदेखि नै आफ्नो कब्जा जग्गा बारेको विवाद मिलाउन सरकारसँग आग्रह गर्दै आइरहेको छ ।

तस्बिर : फरककोण

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *