२०८२ असार २३ गते मङ्गलवार

बाँकेमा बाबुको हत्या गरि फरार छोरा खोज्न प्रहरी परिचालन

दाङ, असार २२ । बाँकेमा बाबुको हत्या आरोपी छोराको खोजीका लागि प्रहरी परिचालन भएको छ ।


जिल्लाको बैजनाथ गाउँपालिका –२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकाय ६० वर्षीय टोपबहादुर रोकाय क्षेत्रीको हत्या पछि फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले फरार भूपेन्द्रको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइन ।

शनिबार बेलुकी साढे ७ बजेतिर टिभी मात्रै हेरि नबस्न भन्दै बाबुले छोरालाई सामान्ने गाली गरेका थिए । त्यसपछि आवेशमा आएका छोराले बाबुको टाउकोमा जोत्ने हलोको मुङ्गोले पटक / पटक टाउकोमा प्रहार हत्या गरेको डिएसपी खनालले बताइन ।

डिएसपी खनालका अनुसार भूपेन्द्रले आमाको सामान्ने बुवालाई मुङ्ग्री प्रहार गरि हत्या गरेका थिए ।
प्रहरीका अनुसार भूपेन्द्र लागु औषध सेवन लगाएत खराब आचरणका कारण दुई पटक सुधार गृहमा बसेका थिए ।


अहिले पनि उनले गाँजा, ट्याबलेट लगाएतका लागु औषध सेवन गर्ने गरेको कुरा खुलेको डिएसपी खनालले बताइन ।
बाबुको हत्या पछि फरार भूपेन्द्रको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *