२०८२ असार २३ गते मङ्गलवार

सबैले एउटै लठ्ठी प्रयोग गरौ : गेहेन्द्र गिरि


दाङ,असार २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य गेहेन्द्र गिरीले पछिल्लो समय पार्टीभित्र अनुसासन हराउँदै गएको बताएका छन ।

काठमाण्डौमा जारी नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठकमा गिरिले पार्टीभित्र अनुसासन हराउँदै जादा आम कार्यकर्ताहरु‌मा असन्तुष्ठि बढ्दै गएको बताएका हुन ।

पार्टी भित्र”तेरो र मेरो”भन्ने प्रवृत्ति बढेको कारण पटक पटकको निर्वाचनमा पार्टीले क्षति व्यहोर्नु परेको उनले बताए ।

“अब एउटै लठ्ठी प्रयोग गरौ”उनले भने ।

उनले केही जिल्लामा पार्टीका भातृ संगठन‌को अधिबेसन नहुनुमा नेतृत्वकै कमजोरी भएकोले पार्टीको केन्द्रिय समिती बाट नै पत्राचार गरि अधिबेशन गराउनुपर्नेमा उनले जोड दिए ।

२०७४ को स्थानीय निर्वाचनमा नेतृत्व‌को कमजोरीकै कारण केही ठाउँमा असन्तुस्ट पक्षले उम्मेदवारी हालेको र पार्टिले कारबाही गरेको र २०७६ सालको दाङ क्षेत्र नं ३’ख’ को उपनिर्वाचनका क्रममा भएको चुनावी आमस‌भालाई सम्वोधनको क्रममा काङ्ग्रेसका तत्कालिन वरिष्ठ नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी सभापती शेरबहादुर देउबाले “कारवाही फुकुवा हुन्छ” भनेको स्मरण गर्दै गिरीले हालसम्म उनिहरुको कारवाही फुकुवा नभएको गुनासो गरे ।

“हालसम्म उनिहरुको सक्रिय सदस्यता नविकरण भएको छैन, यो अन्यायपुर्ण कुरा हो” उनले भने ।

यसका लागि केन्द्रीय समितीले पत्राचार गर्नुपर्ने उनको धारणा थियो।

एक अर्को प्रसङ्गमा नेता गिरीले गिरीले सक्रिय सदस्यता सतप्रतिसत पु-याउनु पर्नेमा कतिपय ठाउमा आफ्ना आफन्तलाई मात्र बाडियको आरोप लगाए ।

तर पनि निर्वाचनमा ती ठाउँहरू‌बाट पार्टीलाई अत्यन्त कम मत आएको उनको भनाई थियो ।

पार्टीभित्रको असन्तुष्टिले गर्दा पछिल्लो समय सक्रिय सदस्यता नविकरण गर्नेको संख्या पनि घटेको उनले बताए ।

साथै पार्टी र जनप्रतिनिधी बीच समन्वयको कमि भएको उनको भनाई थियो।

प्रकाशित मिति : २०८२ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *