२०८३ साउन २१ गते बिहिवार

देउवा पक्षको निबेदनमा सर्बौच्चले दियो बिबाद बारे पुनराबलोकन गर्ने अनुमति

दाङ, साउन २१ ।

सर्वौच्च अदालतले नेपाली कांग्रेस भित्रको विवादको मुद्दालाई पुनरवलोकनका लागि अनुमति प्रदान गरेको छ ।

यो सँगै तत्कालिन सभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको अदालतमा पुनरवलोकन हुने भएको हो।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो ।
यसअघि वैशाख ४ गते न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा पक्षको रिटलाई खारेज गरेको थियो ।
तर फेरि साउन ७ गते देउवाले पक्षले पुनराबलोकनको मागसहित निबेदन दिएका थिए ।
देउवा पक्षधरले निर्वाचन आयोग, विशेष महाधिवेशन बाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगाएतलाई विपक्षी बनाएर निबेदन दिएका थिए ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *