२०८३ साउन ३१ गते आइतवार

रोल्पामा पहिरोले फेरि एक बृद्धाको मृत्यु


दाङ, साउन ३१ ।

रोल्पामा अबिरल बर्षा पछि माथि बाट झरेको पहिरोले घर पुर्दा फेरि एक बृद्धाको मृत्यु भएको छ ।
जिल्लाको लुङग्री गाउँपालिका – ५ धैरेनीमा पहिरोले घर पुर्दा ७२ बर्षीया अम्मि गुरुङको मृत्यु भएको हो ।


जिल्ला प्रहरी पबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले मध्यराति घर माथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेकी गुरुङको मृत्यु भएको बताए ।

हालसम्म गुरुङको टाउकोेको भाग मात्र देखिएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी मिलेर पहिरो पंछाई उनलाई निकाल्न प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *