२०८३ साउन २८ गते बिहिवार

सुदुरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत

दाङ, साउन २८ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले बिहीबार नेपाली काँग्रेसका शाहले दिएको राजीनामा दिए लगतै स्वीकृत गरेका हुन ।
बिहीबार मात्रै नेपाली काँग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहले अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका थिए ।
शाहले राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले बहुमतका आधारमा नयाँ सरकार गठनका लागि बिहीबार नै आह्वान पनि गरेका छन् ।
उनले नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेस गर्न बिहीबार आह्वान गरेका हुन ।
साउन ९ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (चप्रण्ड) बीचमा भएको तीन बुँदे सहमति अनुसार सुदुरपश्चिममा अब नेकपा नेतृत्वको सरकार गठन हुने छ ।
यी दुई दल बीचको सहमति कार्यान्वयन भएमा यहाँ नेकपाका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने प्रबल संभावना छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *