२०८३ साउन ३१ गते आइतवार

प्यूठानमा शनिबार फेला परेको पुरुषको शब थवाङ पहिरोमा हराइ रहेका अजम्बरको भएको अनुमान

दाङ, साउन ३० ।

प्युठानमा शनिबार एक जना पुरुषको शब फेला परेको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका – २ ददेरीस्थित राप्ती नदीको बीच भागमा एक जना पुरुषको शब फेला परेको जिल्ला प्रमुख डिएसपी नरहरी अधिकारीले बताए ।
राप्ती नदीको बीचमा फेला परेका ब्यक्ति रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परि बेपत्ता रहेका ८० बर्षीय अजम्बर पुन मगर रहेको आशंका गरिएको अधिकारीले बताए ।
प्रहरीले पठाएको फोटो हेरेपछि परिगवारका सदस्यले शबको पहिचान गरेपनि परिवारका सदस्य सनाखतका लागि प्यूठान आइ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहीबार जिल्लाकै सुलिचौर क्षेत्रको लुङ्ग्री खोला किनारमा फेला परेको खुट्टाको अंग ‘पैंतला’को भाग कोटलबारा पहिरोमा परि बेपत्ता ६१ बर्षीय लिलबहादुर पुन मगरको भएको छोरा गोबबहादुर पुन मगरले सनाखत पछि लगेका थिए ।

थवाङको कोटलबारा पहिरोमा परी बेपत्ता १३ जना मध्य अब ९ बर्षीय अशिम पुन मगर मात्रै फेला पर्न बाँकी छन् ।
थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार बेलुकी ग्रेगान तथा लेदो हिलो माटोसहितको पहिरो पानी बग्ने खाँेच हुँदै बस्तिमा पसेपछि कोटलबारा गाउँ नै तहस नहस पारेको थियो । त्यो पहिरोले स्थानीयका घर, गोठ, चर्च र एउटा घुम्ती पसलसमेत गरि १३ वटा संरचना पूर्ण रुपमा नष्ट गरेको थियो । पहिरोका दुई जना घाइतेको भने बुटवलमा उपचार जारी छ ।

कोटलबारा पहिरोको दोस्रो दिन बिहीबार १० जनाको शब फेला परेको थियो । ५ वटा शव घटनास्थलमै र थप ५ वटा शव प्यूठानमा फेला परेका थिए ।
त्यस्तै रोल्पाकै सुनछहरी गाउँपालिका– २ मा बिहीबार राति माथि बाट झरेको पहिरोले दुई वटा घरमा पूर्ण रुपमा नष्ट गर्दा त्यसमा सुतिरहेका चार जनाको मृत्यु भएको थियो ।
शुक्रबार दिउँसो चार जनाको शब प्रहरीले फेला परेको थियो ।
रोल्पामा बुधबार र बिहीबार थवाङ र सुनछहरीमा पहिरोका कारण ज्यान गुमाएका १६ जनाको शब फेला परेको छ । एक जना बालक भने अझैं फेला पर्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *