
तुलसीपुर , असार १० । तुलसीपुर उपमहानगरपालिकाले पोहर साल भन्दा यो पाली १ करोड कम बजेट प्रस्तुत गरेको छ ।
मंगलबार उपप्रमुख श्यानी चौधरीले साढे २ अर्ब ६ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन । चालु आर्थिक बर्षमा तुलसीपुरको बजेट २ अर्ब ७ करोड बराबरको छ ।
मंगलबार नगरसभाको १७औं अधिवेशनमा चौधरीले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि चालु आर्थिक बर्षको भन्दा झन्डै १ करोड कम बजेट प्रस्तुत गरेकी हुन ।
चौधरीले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको २ अर्व ६ करोड बराबरको बजेटमा स्पष्ट रुपमा चालु र पूँजीगत खर्च उल्लेख गरिएको छैन ।
वडाध्यक्षहरुले मागे बमोजिम समयमै योजनाका कार्यक्रम पेश नगरेको हुँदा बजेट निर्माणमा असर परेको स्रोतले बतायो । त्यहकी कारण आवश्यकता अनुसार बजेट हिउँदे अधिवेशनमा थप्ने उदेश्यका चालु र पूँजीगत खर्च स्पष्ट खुलाउन सकस भएको स्रोतले बतायो ।
स्रोतका अनुसार बजेटको ठूलो हिस्ता चालु तर्फ छुट्याइएको छ । चालु तर्फ एक अर्व ३४ करोड अर्थात ६५ प्रतिसत बजेट छुट्याइएको छ ।
त्यस्तै पूँजीगत अर्थात बिकास बजेट जम्मा ३२ प्रतिसत अर्थात ६७ करोड ९९ लाख मात्रै बिनियोजन गरिएको बजेट निर्माणमा सहभागी एक कर्मचारीले बताए ।
यो भनेको बिकास बजेट निकै कम छुट्याउनु हो ।
बजेटमा बिगतको बर्षहरु भन्दा खासै नयाँ कुरा केहीपनि नरहेको स्रोतले बतायो ।
तुलसीपुरका १९ वडाहरु मध्य प्रत्येक वडामा गौरवका योजनाको लागि भनेर ५० लाख / ५० लाख गरि नौं करोड ५० लाख बिनियोजन गरिएको छ । वडाध्यक्षहरुका लागि एक करोड ३० लाख बजेट वितरण गर्ने भनिएको छ । गत बर्ष भन्दा वडाले खर्च बजेट बढी पाउने भएपछि उनीहरुपनि खुसी भएका छन् ।
त्यस्तै तुलसीपुरले आफ्नै लागत सहभागितामा काम गर्न चाहानेका लागि तीन करोड बजेट छुट्याएको छ । कालोपत्रे सडक मर्मतका लागि दुई करोड २० लाख बिनियोजन गरिएको छ । जसमध्यको आधा बजेट सडक बोर्डको हो ।
शिक्षामा २९.१७ प्रतिसत अर्थात ६० करोड २८ लाख बजेट छुट्याइएको छ ।
तर, त्यो बजेटले विद्यालय सञ्चालन बाहेक थप नयाँ कुरा गर्न संभव नरहेको स्रोतले बतायो । तुलसीपुरमा कुल ८० सामुदायिक विद्यालयहरु छन् । त्यो पैंशा शिक्षकको तलबमै ठिक्क हुने देखिएको छ ।
कुल १७ पृष्ठ लामो बजेट प्रस्तुत उपप्रमुख चौधरीले प्रस्तुत गरेकी हुन ।


