२०८२ असार ७ गते आइतवार

रुपन्देहीलाई हराउँदै दाङ वन्यो राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन


तुलसीपुर , जेठ २६ । लुम्बिनी प्रदेश स्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ ।

दाङको बेलझुण्डी रंगशालामा आइतबार अबेर प्रतियोगिता सकिएको थियो । जस्मा तीन पटकको अपराजित रुपन्देहीलाई हराउँदै दाङ च्याम्पियन बनेको हो ।

जेठको २३, २४ र २५ गते तीन दिनसम्म चलेको प्रतियोगितामा दाङले १६ स्वर्ण, १८ रजत र १६ कास्यसहित पचास पदकका साथ च्याम्पियन बन्यो ।
प्रतियोगितामा रुपन्देहीले दृतिय स्थान हासिल गर्न सफल भयो । रुपन्देहीले १३ स्वर्ण, ९ रजत र ११ कास्यसहित ३३ पदक जित्यो । साविक विजेता बाँके भने तृतिय भयो । बाँकेले १२ स्वर्ण, १७ रजत र १७ कास्यसहित ४६ पदक जित्यो ।


त्यसपछि कपिलवस्तु चौथो भयो । उस्ले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित १८ पदक जित्यो ।
बर्दियाले ६ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३६ पदक जितेर पाँचौ भयो । नवलपरासी पश्चिम ६ स्वर्ण, ४ रजत र १० कास्यसहित २० पदकसहित छैठाँै भयो ।
पाल्पा सातौँ भयो । उस्ले २ स्वर्ण, १ रजत र ४ कास्यसहित ७ पदक जित्यो ।


त्यस्तै लुम्बिीको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व २ स्वर्ण, २ कास्यसहित ४ पदक जितेर आठौं भयो । तर, प्युठान, अर्घाखाँची र गुल्मीले एउटा पनि स्वर्ण पदक जित्न सकेनन् ।

दाङले एथलेटिक्स अन्तरगत ८ सय मिटर, चार सय मिटर, १६ सय मिटर, सटपुट, त्रिपल जम्प, थाउलो, सान्सौमा ४२, ४५ र ४८ केजी तौल समुहमा स्वर्ण जितेको हो । त्यस्तै कराँते ४२ केजी तौलमा , कराँते एकल काता, ४० केजी तौल समुहमा , ४५ केजी तौल समुहमा स्वर्ण जित्यो । त्यस्तै तेक्वान्दो एकल पुम्से, ४८ केजी समुह, ५९ केजी समुहमा पनि स्वर्ण जितेको थियो ।


प्रतियोगितामा ब्यक्तिगत विधागत रुपमा भलिबल छात्रातर्फ रुपन्देहीकी प्रतिभा चौधरी, एथलेटिक्समा छात्रातर्फ बाँकेकी आरुषी भट्टराई, छात्रतर्फ रुपन्देहीका शुभम बमरेल, कबड्डीमा छात्रातर्फ बर्दियाकी खुशी घर्ती मगर, छात्रतर्फ रुपन्देहीका क्षितिज गैरे उत्कृष्ट खेलाडी घोषित भए ।

रोल्पा जिल्लाबाहेक ११ वटै जिल्लाका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी थिए । कुल एक हजार तीन सय बढी खेलाडीले सहभागीता जनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले बताए ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला –पुरुष, कव्डीमा महिला –पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी ६ विधाका खेल खेलाइएका थिए ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका बालबालिका सहभागी थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अब यही जेठको २८, २९ र ३० गते काठमाडौको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिन पाउने छन् ।

बेलझुण्डी रंगशालामा उदघाटन गरिएको भएपनि प्रतियोगिता अन्तरगत बिभिन्न खेलहरु विभिन्न स्थानमा खेलाइएको थियो ।


एथ्लेटिक्सका सबै खेलहरु बेलझुण्डी रंगशालामा, उसु र कराँतेका खेलहरु ओम शान्ति स्केट पार्क तुलसीपुर, तेक्वान्दोका खेलहरु प्रदेश तेक्वान्दो हल कृष्ण मन्दिरमा, कवड्डी प्रतियोगिता संस्कार पाठशालामा, भलिबलका खेलहरु अरनिको मैदानमा खेलाइएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *