२०८२ असार ७ गते आइतवार

बेलझुण्डी रंगशालामा प्रहरीको आन्तरिक रिले प्रतियोगिता

बेलझुण्डी , जेठ १२ । सोमबार बिहानै बेलझुण्डी रंगशालामा प्रहरी दौडिरहेका देखिए । उनीहरु नियमित ब्यायाम अन्तरगत सोमबार त्यहाँ आन्तरिक रुपमा प्रतियोगितात्मक प्रतिष्पर्धाका लागि त्यहाँ पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार ४० पुरुष र १३ महिलाका बीचमा त्यसअवशरमा रिले प्रतियोगितापनि भएको हो ।

नियमित ब्यायाम गर्नु पर्ने कतिपय प्रहरीको शरिर भद्दा र दौडिन नसक्ने अवस्थामा पुगेको हुँदा शरिरको स्वास्थ्य तथा स्फुर्तिको लागि ब्यायाम आवश्यक छ भन्ने बुझाउन लागि बेलझुण्डी रंगशालामा लगेर आपसी दौड प्रतियोगिताहरुमा सामेल गरिएको डिएसपी ठकुरीले जानकारी दिए ।


त्यसअवशरमा रंगशाला भित्रको ट्रयाकमा एक सय मिटर र चार सय मिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
म्हिला सय मिटर दौड प्रतियोगितामा प्रहरी जवानहरु सृजना नेपाली प्रथम, रेखा थारु दृतिय र बरिष्ठ प्रहरी हवल्दार हस्ता रोका तृतिय भएकी थिइन ।


त्यस्तै पुरुष एक सय मिटर दौड प्रतियोगितामा प्रहरी जवान सुरेश बिक प्रथम, प्रहरी सहायक निरीक्षक कृष्ण भण्डारी दृतिय र प्रहरी जवान समिर चौधरी तृतिय भएका थिए ।


त्यस्तै पुरुष तर्फको चार सय मिटर दौड प्रतियोगितामा प्रहरी जवानहरु श्रीधर केएम प्रथम, कृष्ण थारु दृतिय र मदन थारु तृतिय भएको इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी सहायक निरीक्षक सुर्य राना मगरले बताए ।


इप्रका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार संगठन भित्र आपसी मित्रता , भाइचारा र परेडको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताका लागि बिहानै प्रहरी इप्रका बाट बस चढेर बेलझुण्डी पुगेका थिए । कतिपय शरिर मोटा भएका प्रहरीलाई दौड्मा निकै सकस भएको देखिन्थ्यो ।

तस्बिर – शरद रेग्मी ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *