२०८२ असार ७ गते आइतवार

तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत ,तुलसीपुर,जेठ ७ । दाङमा प्रथम तुलसिपुर कप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।

तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता यहि जेठ २० गते देखि सुरु हुनेछ ।

स्थानिय स्तरमा फुटबल खेलको बिकास संगै नव प्रतिभावान खेलाडीको पहिचान र प्रवर्द्धन गर्न आयोजना गरिएको प्रतियोगिताको बिजेता, उपबिजेता टिम लाई क्रमशः नगद पचास हजार र पच्चीस हजार साथमा कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी लाई नगद तिन हजार,ट्रफी,वेष्ट डिफेन्स,वेष्ट किप्पर र हाई स्कोरर लाई ट्र्फी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच लाई ट्रफीको ब्यबस्था गरिएको प्रतियोगिताका संयोजक फर्सा घर्तिमगरले जानकारी दिए।

संयोजक घर्तिका अनुसार पाँच दिन सम्म चल्ने प्रतियोगितामा १२ बढी टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने टिमले जेठ १८ गते सम्म टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ ।

खेल नकाउट प्रणालीका आधारमा खेलाईने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *