लक्ष्मण बस्नेत,दाङ,जेठ ६ । दाङ जिल्ला अन्तरपालिका स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डिको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनिको तत्तावधानमा यहि जेठ १५ गते देखि प्रतियोगिता सुरु हुनेछ ।
जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
साथै बैठकले रनिङ शिल्ड लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा रनिङ शिल्डमा सहभागी हुने ६ खेलका संघ र सबै खेलका प्रशिक्षक सदस्य रहने गरि प्रतियोगिता मुल आयोजक समिती गठन गरेको छ ।
त्यस्तै बैठकले मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिती समेत गठन गरेको कार्यालय प्रमुख राकेश परियारले जानकारी दिए ।
परियारका अनुसार आर्थिक संकलन,मन्च ब्यबस्थापन,खेल मैदान मर्मत ब्यबस्थापन,आतिथ्य सत्कार,प्रचार प्रसार,बिबाद समाधान, पुरस्कार तथा प्रमाणपत्र ब्यबस्थापन,प्राथमिक उपचार लगाएतका उपसमिती गठन गरिएको छ ।
यस्तै बैठकले प्रतियोगितामा सहभागी हुने पालिका लाई टिम दर्ताको अन्तिम मिति यहि जेठ १३ गते सम्म तोकेको छ भने खेलाडिहरुको आवश्यक विवरणको फाईल सहित जिल्ला खेलकुदको कार्यालय बेल्झुन्डिमा टिम दर्ता गर्न सबै पालिका लाई पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स,भलिबल, कबड्डी,तेक्वान्दो, कराते र उसु खेल बिधामा जिल्लाका दस स्थानिय पालिका का खेलाडी बिच कडा प्रतिस्पर्धा हुने छ ।