तुलसीपुर, बैशाख ३० । दाङको तुलसीपुरका तीन दिने लुम्बिनी प्रदेशस्तरिय नेपाल सितोरियो कराँतेको दिक्षान्त समारोह पुरा भएको छ ।
प्रदेशका १२ वटै जिल्लाका एक सय ८५ जना खेलाडी बल्याक बेल्ट परीक्षामा सहभागी भएका थिए । दिक्षान्त समोरोहमा तालिम भने दुइ सय ५० बढी सहभागी रहेको नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा कराँते प्रशिक्षक पदमबहादुर बस्नेतले जानकारी दिए ।
दिक्षान्त समारोहमा सितोरियो कराँतेका पूर्व प्रमुख प्रशिक्षक तुलसीकुमार महर्जन , सितोरियो कराँतेका केन्द्रीय अध्यक्ष दावा गुरुङ, लुम्बिनी प्रदेश प्रशिक्षक संघका अध्यक्ष बलराज नेपाली, बाँकेका प्रशिक्षक कृष्ण चौधरी, घोराहीका प्रशिक्षक धनबहादुर पुन लगाएतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रम तुलसीपुरको दोघरेस्थित कराँतेको सभाहलमा भएको थियो ।
दिक्षान्त समारोहको दिन मंगलबार तुलसीपुरस्थित राप्ती शान्ति उद्यानमा वनभोजको पनि आयोजना गरिएको थियो ।
जस्का तुलसीपुरका क्षेत्रका नेपाल सितोरियो कराँतेका खेलाडी र पूर्व खेलाडी, नेपाल तेक्वान्दोका प्रशिक्षक तथा पूर्व प्रशिक्षकलाई निमन्त्रण गरिएको थियो । तुलसीपुरका मेयर टीकाराम खड्कापनि समापन कार्यक्रममा सहभागी थिए ।