
लास भेगास — नेपाली अमेरिकी पत्रकार संघ (नेजा) को नवौँ महाधिवेशनले पुनः सुरज भण्डारीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै आगामी कार्यकालका लागि नेतृत्व चुनिएको हो ।
अध्यक्षमा भण्डारी चयन भएसँगै कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी कल्पना घिमिरेले पाएकी छन्। महासचिवमा इश्वरी न्यौपाने, सचिवमा शंकरबहादुर थापा, र कोषाध्यक्षमा झरणा अधिकारी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का, र डिल्लीबहादुर राउत रहेका छन्। क्षेत्रीय संयोजकको रूपमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई (उत्तरपूर्व), दिपक दाहाल (पश्चिम), र ओम आचार्य (मध्य) चयन भएका छन्।
निर्वाचन समितिको संयोजकत्व संस्थापक गिरिश पोख्रेलले गरेका थिए भने सदस्यहरूमा मोहनसिं लामा,गोपाल गडर्तौला, र तारा रावल थिए। समितिले निष्पक्ष र समावेशी निर्वाचन सम्पन्न गराएको थियो।
महाधिवेशनमा अमेरिका भरिका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ नेतृत्वले संस्थाको सशक्तीकरण, प्रवासी पत्रकारहरूको हकहित र नेपाली भाषा-संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ।
नेजाको नेतृत्व फेरिएसँगै प्रवासी नेपाली पत्रकारितामा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।