२०८३ भाद्र १७ गते बुधवार

मोटरसाइकलसहित बगेका सन्यासी बेपत्ता , बस्नेतको उद्धार

दाङ, भदौ १६ ।


रुकुम पश्चिमा मोटरसाइकलसहित बाढीमा बगेर एक जना किशोर बेपत्ता भएका छन् । अर्का एक किशोरलाई भने प्रहरीले उद्धार गरेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका – ४ सोलाबाङका मोटरसाइकल चालक १८ बर्षीय प्रशासन्त सन्यासी बेपत्ता छन् । पछाडि सवार रामेछाप जिल्लाको गोकुल गाउँपालिका – १ घर भइ हाल रुकुम पश्चिमको मुसिकोट – ४ सोलाबाङमा बस्दै आएका १८ बर्षीय प्रबिण बस्नेतलाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।


बस्नेतको अवस्था सामान्ने रहेको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले जनाए ।
मंगलबार दिउँसो पौने ४ बजेतिर खलंगादेखि कुनाखेत हुँदै स्यार्पुताल तर्फ जाँद्यै गरेको रा ६ प १६१८ नम्बरको मोटरसाइकल जिल्लाको बाफिकोट गाउँपालिका – ३ स्थित तिल्चाखोला पार गर्ने क्रममा अचानक आएको बाढीका कारण बगेको थियो ।
मोटरसाइकलसहित मानिस बगेको खबर पछि प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा प्रहरी उद्धारका लागि खटिएको थियो । प्रहरीले बगेका दुई मध्य बस्नेतको उद्धार गर्न सफल भएपनि मोटरसाइकल चालक सन्यासीलाई भने फेला पार्न नसकेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *