
तुलसीपुर , भदौ २२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर नगर समितिले बाढी पीडितको सहयोगार्थ एक लाख बढी रकम जम्मा गरेको छ ।
नगर सभापति जिवन भण्डारीले सोमबार प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ जम्मा गरिएको बताए ।
बाढी पीडित नागरिकका राहत तथा पुनःस्थापनामा सहयोगका लागि प्रधानमन्त्री राहेता रकम पठाइएको उनले जनाए ।
भादौ १० गते बिहान ९ बजेतिर भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण ठूलो जन धनको क्षति भएको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
