तुलसीपुर , बैशाख २८ । दाङको तुलसीपुरमा दुई दिनसम्म चलेको प्रथम राष्ट्रिय खुला पुरुष खोखो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लवले जितेको छ । लुम्बिनी प्रदेश उपबिजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
जिल्ला खोखो संघ दाङले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम खुला पुरुष प्रतियोगिता अन्तरगत
आइतबार बिहान भएको फाइनल खेलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई २० – १६ को अन्तरले पछाडि पार्दै उपाधि जितेको हो ।
उपाधि बिजेत आर्मीले नगद ५० हजार पुरस्कार जित्यो । ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा लुम्बिनी प्रदेश उपबिजेता बन्यो । उस्ले २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै सुदुरपश्चिम प्रदेश तृतिय बन्यो । उस्ले कर्णालीलाई हराउँदै तृतिय बनेको थियो । तृतिय बनेको सुदरपश्चिमले दश हजार पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको थियो ।
बैशाख २६ गतेदेखि २८ गतेसम्म तुलसीपुुरको अरणिको मैदामा आयोजित प्रतियोगिता अन्तरगत ब्यक्तिगत बिधा तर्फ दाङ तुलसीपुर घर भएका नेपाल आर्मीका बेदबहादुर वली बेष्ट प्लेयर घोषित भए ।
आर्मी कै बिष्णु थारु बेष्ट अट्याकर घोषित हुँदा लुम्बिनी प्रदेशका बिकास बिक बेष्ट डिफेन्डर घोषित भएका थिए ।
गत हिउँदमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरुष टिमलाई उपबिजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तुलसीपुरका बेदबहादुर वलीलाई नगद दश हजार रकमसहित सम्मान गरिएको थियो ।
त्यस्तै सोही प्रतियोगितामा नेपाली महिला टिमपनि उपबिजेता बनेको थियो । महिला टिमकी प्रशिक्षक तुलसीपुरकी उषा कँवरलाई पनि सम्मान गरिएको थियो ।
दाङले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेशका टिम र एउटा बिभागिय टिम नेपाल आर्मीको सहभागिता थिए ।
खेल लिगकम नकआउट सिष्टमबाट खेलाइएको थियो ।
खेल तालिका अनुसार बैशाख २९ गते नेपाल र भारतका बीचमा प्रतिष्पर्धा हुने छ ।
भारतको एउटा टिम र नेपालका दुई टीमका बीचमा खेल हुने आयोजक दाङ जिल्ला खोखो संघले जानकारी दिएको छ ।
भारत संग खेल्ने नेपाली दुई टिमको आइतबार नै छनोट गरिने भएको छ । प्रतियोगिता खेल्नका लागि भारतिय खेलाडी तुलसीपुर आइ सकेका छन् ।
पुरस्कार बितरण कार्यक्रम दाङ जिल्ला खोखो संघका जिल्ला अध्यक्ष बालकृष्ण शाहको अध्यक्षता र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आथित्यतामा भएको थियो ।
कार्यक्रमको सहजीकरण दाङ जिल्ला खेलकुद प्रत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।
दाङ खोखो संघले राज्य लगाएत बिभिन्न ब्यापारी संग मागेर प्रतियोगिता आयोजना गरेको थियो ।
संघका अध्यक्ष शाहका अनुसार चार लाख तुलसीपुर उपमहानगरपालिका बाट , पाँच लाख लुम्बिनी प्रदेश खेलकुद परिषद बाट, तुलसीपुरका वडा कार्यालय र तुलसीपुर क्षेत्रका ब्यापारी संग गरि थप एक लाख रकम संकलन भएको थियो ।
गत हिउँदमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरुष र महिला दुबै टिम उपबिजेता बनेको हुँदा नेपालमा पनि खोखोको चर्चा सुरु हुँदै गएको छ ।