२०८२ बैशाख ३० गते सोमवार

तुलसीपुरमा जिल्लामै पहिलो पटक पुरुषको खुल्ला राष्ट्रिय खोखो प्रतियोगिता हुँदै

दाङ, बैशाख २४ । दाङको तुलसीपुरमा जिल्लामै पहिलो पटक खुल्ला पुरुष राष्ट्रिय प्रतियोगिता हुन थालेको छ ।

खोखो संघ दाङले बुधकार तुलसीपुरमा पत्रकार सम्मेलन गरि यहि बैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्लामा पहिलो खुल्ला राष्ट्रिय खोखो प्रतियोगिता हुन थालेको जानकारी दिएको हो ।
दाङ जिल्ला खोखो संघका जिल्ला अध्यक्ष बालकृष्ण शाहले प्रतियोगितामा सात वटा प्रदेशका टिम र एउटा बिभागिय टिम नेपाल आर्मीको सहभागिता हुने बताए ।


प्रतियोगिताका लागि नेपाल आर्मी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको टिम बुधबार नै तुलसीपुर आइ पुगेको छ ।

आयोजकका अनुसार प्रत्येक टिममा १२ खेलाडी र १ जना रेफ्री आउने छन् । ती बाहेक थप १२ जना रेफ्रीपनि रहने छन् ।

आयोजकका अनुसार प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार र तृतिय हुने टिमले १० हजार पुरस्कारका साथै प्रमाण पत्रहरु पाउने छन् ।
लिगकम नकआउट सिष्टमबाट खेल खेलाइने हुँदा हरेक टिमले हरेक संग खेल खेल्ने छन् ।


राष्ट्रिय प्रतियोगिता सकिएको दोस्रो दिन बैशाख २९ गते नेपाल र भारतका बीचमा खेलहरु हुने छन् । भारतको एउटा टिम र नेपालका दुई टीमका बीचमा प्रतियोगिता हुने छ ।
भारत संगको प्रतिष्पर्धाका लागि नेपाली दुई टिमको छनोट गरिने भएको छ ।

प्रतियोगितामा आउने खेलाडीको बासस्थान र खाना खर्च आयोजक सबै आयोजक संस्थाले बेहोर्ने भएको छ । दाङ रहँदासम्म रेफ्री र खेलाडी तथा अफिसियलहरुलाई भत्तासमेत दिने बताइएको छ । त्यसका लागि झन्डै २७ लाख बढी खर्च हुने अनुमान गरिएको छ ।

हालसम्म संघले करिब दश लाख जति स्रोत सुनिश्चितता भएको बताएको छ । चार लाख तुलसीपुर उपमहानगरपालिका बाट , पाँच लाख लुम्बिनी प्रदेश खेलकुद परिषद बाट बजेत सुनिश्चिता भएको अध्यक्ष शाहले बताए ।


त्यस्तै संघले तुलसीपुरका ब्यापारी र वडा कार्यालयहरु संग पनि सहयोग मागेको छ । त्यसरी माग्दा थप एक लाख रुपैयाँ जम्मा भएको जिल्ला अध्यक्ष शाहले बताएका थिए ।

गत हिउँदमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरुष र महिला दुबै टिम उपबिजेता बनेको हुँदा नेपालमा पनि खोखोको चर्चा परिचर्चा सुरु भएको छ ।

सोही उत्साहलाई जोगाइ राख्न आपसमा मिलेर खोखो संघ दाङले ऋण खोजेर भएपनि पहिलो पटक जिल्लामा पुरुष खुल्ला राष्ट्रिय प्रतियोगिता आयोजना गर्न थालेको शाहले बताए ।


प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भइ सकेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा खोखो संघकी केन्द्रीय सदस्य तथा प्रशिक्षक उषा मगर कँवर लगाएत जिल्ला पदाधिकारीहरुको सहभागिता थियो । पत्रकार सम्मेलनको सहजकीरण खेलकुद पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण गरेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *