शान्तिनगर, बैशाख ७ । शान्तिनगर गाउँपालिका – २ को अमुवा क्लबले आयोजना गरेको १७ बर्ष मुनीको फूटबल प्रतियोगिताको उपाधि संबृद्धी युवा क्लब बबईले जितेको छ ।
जित संगै उस्ले नगर २० हजार, प्रमाण पत्र, मेडल र ट्रफीपनि पुरस्कारका रुपमा प्राप्त गर्यो ।
शनिबारको फाइनल खेलमा संबृद्धी युवा क्बल बबईले शान्तिनगरलाई १ गोल अन्तरले पराजित गरेको हो ।
संबृद्धी क्लबका लागि दुबै गोल अर्जुन मगरले गरेका थिए । शान्ति नगरका लागि वशन्त भण्डारीले १ गोल गरेका थिए ।
दृतिय भएको शान्तिनगरले नगद १० हजार पुरस्कार जित्यो ।
तीन दिन सम्म चलेको प्रतियोगितामा उत्कृष्ट खेलाडी बबईका बिशाल थापा मगर हुँदा शान्तिनगरका नबराज बस्नेत उत्कृष्ट गोल किपरका रुपमा नगदसहित पुरस्कृत गरिएका थिए ।
प्रतियोगितामा तुलसीपुर पश्चिमका चार पालिकाका चार पालिकाका ११ टिमले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।
समापन कार्यक्रम अमुवा क्लबका अध्यक्ष प्रबिण थापाको अध्यक्षता र वडा नं. २ का वडाध्यक्ष सुनिल वलीको प्रमुख आथित्यतामा भएको थियो ।
प्रमुख अतिथि वडाध्यक्ष वलीले स्थानीय स्तरमा खेल प्रतिको चासो बढाउन र स्थानीय प्रतिभाहरुको पहिचान गर्न यस्ता आन्तरिक टुनामेन्टहरु पटक पटक हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बिमल रिजालले उत्साह, जोश र अनुशासनको प्रतिक खेललाई जिवनमा अपनाउने युवाहरु भविश्यका सफल नागरिक हुने बताए । आँफुले पनि बिगत ४० को दशकदेखि ८० को दशकसम्म फूटबलदेखि फूटसल खेलका साथै तेक्वान्दोपनि खेलेको भन्दै खेलले सदैब गतिशिलता र अनुशासन सिकाउने बताए ।
जित्नका लागि टेक्निक आवश्यक पर्ने हुँदा उपबिजेता समुहले आफ्ना कम्जोरी केलाएर भविश्यका लागि जित्ने बाटो पहिल्याउन सहज हुने बताएका थिए ।
सफल युवा ब्यबसायी समित रहेका रिजालले युवालाई खेल प्रति आकर्षित गर्न निजी क्षेत्र सहयोगका लागि हातेमालो बढाउन तयार रहेको बताए ।
अर्का बिशिष्ट अतिथि नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले खेल आफ्नो सीप र कला अभिबृद्धी गर्ने माध्य भएको हुँदा राम्रो गर्ने खेलाडीको देश बिदेशमा पहिचान स्थापित हुने बताएका थिए ।
उनले खेत जिन्तका लागि मात्रै नभइ खेलको असली भावना अनुसार खेल्नु एउटा इमान्दार खेलाडीको पहिचान भएको बताए ।
कार्यक्रमलाई नेपाली काँग्रेस शान्तिनगरका सभापति झलक केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, शान्तिनगरका स्थानीय तथा युवा ब्यबसायी दुर्गा खड्का, नेपाली काँग्रेस – ३ का वडा सभापति निमे जैसी लगाएतले देश बेशदमा रहेका बिभिन्न ब्यक्तिहरु संग आर्थिक सहयोग मागेर स्थानीय स्तरमा फूटबलको प्रतियोगिता आयोजना गर्नु ठूलो सफलता मान्न सकिने बताएका थिए ।
उनीहरुले भविश्यमा पनि युवाहरु खेलकुदमा अगाडि बढ्न जरुरी रहेको भन्दै त्यसले कुलतबाट समुदाय जोगिने धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण नेत्रमणि बृढाले गरेका थिए ।