लक्ष्मण बस्नेत,दाङ,चैत २७ । प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८१ को राप्ती गाउँपालिका वडा न ६ ले जितेको छ ।
नेपाल तरुण दल इकाइ तुलसीपुर १ आयोजनामा संचालित प्रतियोगिताको बुधवार सम्पन्न फाईनल खेलमा बबई गाउँपालिका वडा न २ लाई ३०-२८, २५-१८, १७-२५ र २५-१४ अर्थात ३-१ को सेटमा पराजित गर्दै राप्ती गाउँपालिका वडा न ६ ले उपाधि जितेको हो ।
उपाधीसंगै उसले नगद ५० हजार,कप मेडल प्रमाणपत्र हात पार्यो । त्यस्तै फाईनलमा पराजित बबई २ उपबिजेतामा सिमित रहदै नगद २५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै शान्तिनगर ३ तृतिय भयो । उसले नगद १५ हजार,कप ,मेडल हात पार्यो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर खेलाडी राप्ती गाउँपालिका वडा न ६ का कर्लेस चौधरी भए ।
उनले वेष्ट प्लेयरको ट्रफी तथा प्रमाणपत्र हात पारे । त्यस्तै बेस्ट सेटर बबई २ का गणेश डागी,बेष्ट स्पाइकर बबईकै २ कमल डागि,बेष्ट ब्लकर राप्ती ६ का सुमित चौधरी,वेष्ट सर्भर शान्तिनगर ३ का तिलक घर्ती र वेष्ट लिब्रो दङ्गिशर ६ का मिलन पुनमगर भए ।
तीन दिन सम्म संचालित प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल तरुण दल इकाई तुलसीपुर १ का अध्यक्ष बालकृष्ण धितालको अध्यक्षतामा तथा नेपाली काग्रेस दाङ जिल्ला सहसचिव राजु आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा प्रमुख अतिथी आचार्य विशिष्ट अतिथी नेपाल तरुण दल क्षेत्र न ३ का अध्यक्ष राज कुमार केसि,,नेपाली काग्रेस प्रदेश सल्लाहकार चुडामणि न्यौपाने,प्रदेश सदस्य ढुण्डी राज न्यौपाने,नेपाली काग्रेस तुलसिपुर नगर सदस्य निर्मल कुमार आचार्य,नेपाली काग्रेस बिदेश बिभाग समन्वय समितिका सदस्य सुक बहादुर ठाडा,नेपाली काग्रेसका नेता रेशम राना लगाएतकाले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन नेपाली काग्रेसका नेता मेघराज सोनिले गरेका थिए ।
