
फाइल तस्बिर
उरहरी, असार ४ । प्रदेश सांसद डिल्लीबहादुर चौधरीले शिशुको स्वास्थ्यका लागि पोषण युक्त खानामा ध्यान दिन आवश्यक रहेको बताएका छन् । बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मा आयोजित दुई दिने मातृ नवजात स्वास्थ्य तथा बाल स्वास्थ्य अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश नं. ५ का सार्वजनिक लेखा समितिका सभापति समेत रहेका चौधरीले बालबालिककाको स्वास्थ्य सुरक्षाका लागि पोषण अपरिहार्य रहेको हुँदा त्यसमा राज्य गम्भीर बन्न जरुरी रहेकोमा जोड दिए । पेटदेखि एक हजार दिनसम्मको अवस्थामा शिशुलाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।
फरक प्रशंगमा उनले खेतीपातीको समय सुरु हुन लाग्दा समेत किसानले रासायनिक मल नपाउनु दुःखद पक्ष भएको बताए । किसानलाई मल उपलब्ध गराउन नसक्ने हो भने तीन तहको सरकार छ भन्नु आँफैमा उपहास जस्तो बन्न पुगेको उनको कथन थियो ।
वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य सुवास डीसी, घनश्याम गौतम, वडा सचिव भुवनेश्वर अधिकारी स्थानीय अगुवा नेत्रमणि शर्मा लगाएतले मनतब्य राखेका थिए ।
