
लमही, माघ २० । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गुटबन्दीलाई रुपान्तरण गरि एक अर्कलाई सम्मान गर्न जरुरी रहेको बताएका छन् ।
नेपाली काँग्ेस दाङ क्षेत्र नं. १ ले शनिबार लमहीमा आयोजा गरेको समुदायमा काँग्रेस कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले जबसम्म गुट अन्त्य गरिदैन तबसम्म काँग्ेस बलियो बन्न नसक्ने स्पष्ट पारे ।
कार्यकर्ता बाटै गुटबन्दी गराउन प्रेरित गर्ने परिपाटीको अन्त्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने उनको कथन थियो ।
संगठन बलियो गराउने तर्फ सबैको चासो हुनु पर्ने भन्दै सिद्धान्त र बिचार बिना पार्टी बलियो नहुने हुँदा सबैले त्यसमा ध्यान दिन जरुरी रहेको बताए । पार्टी बलियो गराउनका लागि सबै तहमा संगठन मजबुत गराउन आवश्यक रहेको निधिको भनाइ थियो ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमलाई घोराही उपमहानगरपालिका – ५ का वडा सभापति विष्णुमणि दाहाल, राप्ती गाउँपालिकाका सभापति विद्या शरण चौधरी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेबी यादव, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, महाधिवेसन प्रतिनिधि अनुराग यादव, महासमिति सदस्य कर्णबहादुर बुढाथोकी, लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, जिल्ला सभापति शंकरप्रसाद डाँगी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले मनतब्य ब्यक्त गरेका थिए ।
काँग्रेस दाङ १ –क) का सभापति श्रीपद चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सहसचिव प्रकाशकुमार जिसीले गरेका हुन ।