२०७७ कार्तिक ५ गते बुधवार

हरी बुढामगर, जसको डायरीमा ‘असफलता’ छैन


खेमराज रिजाल,
दाङ, वैशाख २२ । हरी बुढामगर, स्थाइ घर रोल्पाको मिरुल, हाल संयुक्त अधिराज्यको लण्डनमा आप्रवासी नेपाली । रियलस्टेटको विज्नेसमा छन् । केहि सामाजिक संघसंस्थासंग जोडिएका छन्, सामाजिक अभियानमा लागेका छन् । बृटिस आर्मिमा भर्ना भएको केहि बर्षमै विद्युतिय धरापमा दुवै खुट्टा गुमाएका हरी बुढामगर, कृतिम खुट्टाको सहारामा दैनिकि विताइरहेका छन्, सम्मानपुर्वक अनि सफलता पुर्वक । तर उनको कारुणिक कथा छ । हरी अर्थात जसको डायरीमा असफलता छैन…। उनै हरी बुढामगर अव विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने तयारीमा छन् । यदि उनको सगरमाथा यात्रा सफल भयो भने यो विश्वकृतिमानी हुनेछ ।

पैतालिस मिनेट टाढा रहेको स्कुलमा खालि खुट्टा पैदल जान्थे, कापि कलमको अभावमा खरीले स्लेटमा लेख्थे । जसो तसो एसएलसी पास गरे । बुवाको चाहना अनुसार गोरखा पल्नमा भर्तिभएर बृटिस लाहुरे बने । ११ बर्षमै उनको विवाह भएको थियो । बुवाले भर्ति हुन पाएनन्, यद्धपि उनले एउटा छोरालाइ भर्ति होस भन्ने चाहन्थे, त्यसैले हरी भर्तिमा लागे । सायद एसएलसी उत्तिर्ण भएपछि गाउंमा पियनको जागिर पाएको भए म बृटिस आर्मिमा जाने थिइन । दैनिकि अर्कै हुन्थ्यो होला…।

बृटिस गोरखा आर्मिमा रहंदा नेटो(उत्तर एटलान्टिक सन्धि संगठन)को मिसनमा अफगानिस्तान पुगे । सन २०१० अप्रिल १७, दिउसोको समय थियो । अफगानीस्तानमा विद्रोहिहरुको जगजगी थियो , जुनवेला अमेरीकाको ट्वीन टावर आक्रमणको तयारी पनि थियो, सायद । कुनै गाउंमा खानेपानी इनारको मर्मत गर्न इन्जिनियर सहितको टोलि लिएर जाने क्रममा उनी विष्फोटमा परे । २५ जनाको समुहमा उनलाइ मात्र वम लाग्यो, दुवै खुट्टा गुमाए, पछि जिन्दगीको पोल्टो फेरीयो ।

मैले गोलि खाने छु भन्नेमा म ढुक्क थिएं, नमरुन्जेल लड्छु भन्ने अठोठ थियो, किनकि म वहादुर गोरखा बनेर युद्धस्थलमा गएको थिएं, तर संयोग म मर्न सकिन, पुरा भएर जिउन पनि सकिन । अहिले जस्तो कृतिम खुट्टा थिएन, ह्वील चियरमा बस्थें, सन्सार सांघुरिंदै गएको अनुभुति हुन थाल्यो । अपांगको दैनिकिले यति विरक्त भएंकि म त्यो वेला सुसाइडको मोडमा थिएं, रक्सि सेवनमा दैनिकि वित्न थाल्यो । रक्सि नपिए दुवै हात काप्थे, हरेक अंग चलायमान बन्न सक्दैनथे ।

एक दिन मैले यस्तो अठोट गरें, कि म मरेर समस्या समाधान हुने छैन, किनकि मेरो सहारामा घर परीवार पनि छन् । भर्खरै विहे गरेकि अर्धांगिनि र साना छोराछोरी, मैले सुसाइड गरीहाले भने उनीहरुको अवस्था के होला?, अनि म जस्तै अपांगहरुले कसरी जिउन सिक्लान? । जिउने कलाको खोजिमा लागें । एक दिन शहासी स्काइ ड्राइभिङमा तयार भएं । त्यसबाट मैले दुइवटा संभावना देखेको थिएं, कि मरीन्छ, यात विश्व रेकर्ड ब्रेक हुने छ । सफलता पाएं, जिउने आंट र आधार बढ्न थाल्यो । ‘मलाइ लाग्यो, अव जेपनि गर्न सकिन्छ’—हरी भन्छन्, तपाईको एउटा मात्र अंग चल्यो भने, सन्सार टर्न गर्न सकिन्छ । दुवै खुट्टा गुमाएपनि उनले एथ्लेटिक्समा एउटा मेडल जिते, आर्चरीमा भने गोल्डमेडलनै हातपारे । जसले पनि उनको उत्साह बढाइदिएको छ ।

मैले अपांगता रोजेको पनि होइन, अपांग हुन्छु भनेर सोंचेको पनि थिएन, गोलि लाग्छ भन्ने चाहि निश्चित थियो, हरीले भने । अपांग भएकै अवस्थामा गोरखा ग्रुप खुलेको थियो, जसले शिक्षाको उज्यालो फैलाउने पहिलो काम थियो, म त्यसैमा जोडिएं, गोरखा ग्रुपको शेयर होल्डर बनें ।

अहिले हरी सगरमाथा चुम्ने तयारीमा छन् । त्यसकालागी उनले अभ्यास केहि बर्ष अघिनै थालेका थिए । यस अघिनै उनले ६ हजार ५८ मिटर अग्लो चोलु सिफारु हिमालको सफलतापुर्वक आरोहण गरीसकेका छन् । सगरमाथा चढ्नकालागी टिम बनाइसकेका छन् । उमेर ४० बर्ष पुग्न थालेको छ । सन २०२०को एक्सपिडिसन टिममा उनी सगरमाथा आरोहणमा जाने छन् । त्यसकालागी रेस्क्यु टिम पनि बनिसकेको छ । सेर्पाहरुसंग समन्वय पनि भैरहेको छ । सायद सगरमाथा चढ्ने कृतिम खुट्टा लगायतका सामाग्रिहरु र आर्थिक व्यावस्थापनकालागी स्पोन्सर समेत भेटिएला ।

‘म मेरो नेपाल र वीर गोरखालीकालागी सगरमाथा चढ्न चाहन्छु, किनकि मलाइ सक्छु भन्ने आत्मविश्वास छ’ हरी भन्छन्, जुनवेला भर्टिकल्लि मैले सगरमाथा चुमेको हुनेछु, त्यो वेला गोरखाग्रुपले होरिजन्टल्ली धर्तिभरी शिक्षाको विउ छरीरहेको हुने छ । गोरखा ग्रुपसंग पनि उनले आगाध स्नेह व्यक्त गरे । उनको अभियानको नाम हुने छ, ‘लाइफ इज अल एवाउट एभरेष्ट’ ।

हरी भन्छन्, अर्को कुरा म अव डिसेवलका क्षेत्रमा काम गर्न चाहन्छु, जसकालागी एउटा डिसेवल रिह्याविटेशन सेन्टर खोलिने छ, जसले खुट्टा नभएकाहरुलाइ कृतिम खुट्टा उपहार दिन सकोस । त्यसो त हरीले अचेल लगाउंदै आएका कृतिम खुट्टाको बजार मुल्य ६० हजार पाउण्ड पर्छ, यद्धपि यी कृतिम खुट्टा उपहार उनलाइ वेलायतको अटोवा कम्पनीले दिएको हो । यी खुट्टाहरु सगरमाथा चढनकालागी भने उपयुक्त हुने छैनन्, अर्को प्रकृतिका कृतिम खुट्टाको जोहो भैसकेको छ ।

त्यसो त उनको टिम अघिल्लो बर्षनै सगरमाथा चुम्ने तयारीमा थियो, तर नेपाल सरकारले दुवै आंखा नदेख्ने र दुवै खुट्टा नभएकालाइ सगरमाथा चढ्ने अनुमति दिएन । पछि उनीहरु यसको विरुद्धमा सर्वोच्च अदालत गए । अदालतले चढ्नकालागी स्वीकृति दिएपछि बल्ल उनीहरुको दोस्रो तयारी सुरु भैसकेको छ । ‘उमेरले नेटो काटिसकेको छ, अव सायद २ बर्ष मात्र बांकि छ सगरमाथा चढ्नकालागी, त्यसैले जोडतोडकासाथ हाम्रो अभियान अघि बढ्ने छ’—हरीले भने ।

अर्को कुरा उनी रोल्पालाइ पनि चिनाउन चाहन्छन् । भन्छन्, ‘सवैभन्दा पहिले म मैले पढेको रोल्पा मिरुलको स्कुलमा केहि शैक्षिक सुधार गर्न चाहन्छु, त्यसैगरी अपांगताको क्षेत्रमा पनि ।’ उनले कम्तिमा ६ महिना नेपाल बस्ने समेत योजना रहेको सुनाए ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *