२०८२ असार ४ गते बिहिवार

रास्वपाको संयुक्त बैठक स्थगित

काठमाडौँ ,चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे टुङ्गो लगाउनका लागि आज शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको हो।

यता, निर्वाचन आयोगले हिजो बिहीबार एक सूचना जारी गर्दै मौन अवधिमा भोट माग्न तथा कसलाई भोट दिनेरनदिने भन्ने विषयमा छलफल नगर्न राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएको थियो।

उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार हुँदैछ। ‍बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ। जसका लागि रास्वपाले कसलाई भोट दिने भन्नेबारे टुङ्गो लगाउन बैठक आह्वान गरेको हो।

आज हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी ९जसपा०, नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौड्ललाई साथ दिएको थियो।

 

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *