२०८२ असार ६ गते शनिवार

बीमा पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र

नेपालगञ्ज,असोज ९ । बीमा पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा ज्ञापनपत्र बुझाएको छ।

जीआर भुसालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत बीमा समिति केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय, सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई ज्ञापन पठाएको हो।

ज्ञापनपत्रमा नियमबमोजिम पाउनुपर्ने भुक्तानी यथाशीघ्र हुनुपर्ने, बीमा कम्पनीले ढिला गरेका भुक्तानीहरुको नियमबमोजिम ब्याज पाउनुपर्ने, ललाइफकाइ विभिन्न प्रलोभन देखाइ बीमा ठगी व्यापक रहेको हुनाले कम्पनी तथा एजेन्टहरुलाई कारबाही गर्नुपर्ने, अव्यवसायिक रहेका पोलिसीहरु बन्द गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार बीमाको जोखिम मूल्य कायम हुनुपर्ने, बचतमा आधारित बीमाहरु कम्तीमा चक्रीय मुद्रास्फिति बृद्धि सरह हुनुपर्ने लगायतका माग राखिएको छ।

अध्यक्ष भुसालले बीमितहरुले पाउनुपर्ने सम्झौताबमोजिमको रकम नपाएमा बीमा कम्पनीहरुमा ताला लगाउने, दैनिक कार्यहरु रोक्ने, बीमा पोलिसीहरु समर्पण गराउने र नयाँ बीमा नलिन आमजनसमुदायमा अपिल गर्न बाध्य हुने चेतावनी दिए।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *