तुलसीपुर, अशोज ६ । पर्यटन तथा संस्कृती मन्त्री जिबनराम श्रेस्ठ बिहीबार दाङको टरिगाउँ एयरपोर्टमा आउने भएका छन् ।
दाङको टरिगाउ एयर्पोर्टको बिकास र स्तरबृद्धीको बारेमा सत्य तथ्य बताउन उनी एयरपोर्टमा आउन थालेको तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्ता बिमल रिजालले जानकारी दिए ।
त्यसका पुष्टि श्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका स्वकीय अमित शर्माले पनि फरककोणसंग ब्यक्त गरे ।
शर्माले दाङ क्षेत्र नम्बर ३ बाट निर्बाचित सांसद तथा स्वास्थ्य राज्य मन्त्री केसीको पहलमा, दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद तथा सहरी बिकास मन्त्री मेटमनी चौधरीसमेत टरिगाउँ एयरपोर्टमा आउन थालेको जानकारी दिए ।
उनीहरु टरिगाउँ एयरपोर्टमा नियमित हवाई उड़ानका सन्दर्भमा स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यत्रका लागि आउन थालेको शर्माले बताए ।
बिहीबार बिहान पौने १० बजे उनीहरु टरिगाउँ एयरपोर्टमा अबतरण हुने कार्यतालिका रहेको शर्माले जानकारी दिए ।